खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा स्थापना गरिएको प्राङ्गारिक मल उद्योगबाट उत्पादन सुरु भएको छ । रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई आगामी पाँच वर्षभित्र पूर्ण अर्गानिक बनाउन स्थापना गरिएको सो उद्योगबाट गुणस्तरीय प्राङ्गारिक मल उत्पादन थालिएको हो ।
उत्पादित मल अनुदानमा वितरण भइरहेको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले जानकारी दिनुभयो । “पहिलो चरणमा नगरपालिकाभित्रका कृषकलाई अनुदानमा वितरण गर्ने तयारी छ”, उहाँले भन्नुभयो, “अगामी दिनमा नगरपालिकाकै अगुवाइमा डिलरमार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाइनेछ ।”
उत्पादित मल मलिलो र गुणस्तरीय भएको नगरपालिकाका कृषि शाखा प्रमुख धर्मेन्द्र कलौनीले बताउनुभयो । अर्थमन्त्रालयको अनुदानबापतको रु तीन करोड ३२ लाखको लागतमा सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको हो । सो कार्यका लागि रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । मल उत्पादनका लागि कुहिने, सड्ने र मक्किने वस्तु प्रतिकिलो दुई रुपैयाँका दरले स्थानीयबाट खरिद गर्ने गरिएको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्