×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पूँजीबजारको विरोध गर्नेहरुको पतन निश्चित छ’ : शिवचन्द्र डोन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘पूँजीबजारको विरोध गर्नेहरुको पतन निश्चित छ’ : शिवचन्द्र डोन

Artha Sarokar

२७ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सामाजिक सञ्जालमा सक्रिय लगानीकर्ता शिवचन्द्र डोनले २१औं शताब्दीमा पूँजीबजारको विरोध गर्नेहरुको पतन निश्चित रहेको बताएका छन् । केहि दिन अघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लेसमेत पूँजीबजारको विरोध गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै २१औं शताब्दीमा पूँजीबजारको विरोध गर्नेहरुको पतन निश्चित रहेको बताएका हुन् ।
साथै उनले ५५ अर्बको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा र्‍याल काट्नेहरुले जनताको मन जितेर विकासका आयोजनाहरु ल्याउने हो भने ५५ अर्बको साट्टो सयौं अर्ब रुपियाँ पूँजीबजारबाट जुट्ने पनि बताएका छन् । ‘५५ अर्बको MCC मा र्‍याल काट्नेहरुले जनताको मन जितेर बिकासका आयोजनाहरु ल्याउने हो भने ५५ अर्ब त के सयौं अर्ब पुँजीबजार बाटै जुट्नेछ’ उनले भने ।
यस्तो छ उनको स्ट्याटस :
‘२१औं सताब्दीमा पुँजी बजारको बिरोध गर्नेहरुको पतन निश्चित छ। ५५ अर्बको MCCमा र्‍याल काट्नेहरुले जनताको मन जितेर बिकासका आयोजनाहरु ल्याउने हो भने ५५ अर्ब त के सयौं अर्ब पुँजीबजार बाटै जुट्नेछ, चेतना भया’
पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । नियामकहरुले नै हस्तक्षेप गर्ने गरी नीति ल्याएको भन्दै लगानीकर्ताका संगठनहरु पनि एक जुट भएका छन् । उनीहरुले पूँजीबजार विरोधीलाई आगामी चुनावमा ‘नो भोट’को अभियानसमेत चलाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी