×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा मानवसेवा आश्रमलाई खाद्यान्न र रकम हस्तान्तण

LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा मानवसेवा आश्रमलाई खाद्यान्न र रकम हस्तान्तण

२७ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले समय-समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएको छ । यस्तै बैंकले आईतबार सामाखुसी, काठमाडौं स्थित मानवसेवा आश्रमलाई खाद्यान्न र रकम हस्तान्तण गरी सहयोग गरेको छ ।

घरवार विहिन,सडक पेटीमा वस्ने व्यक्तिहरु तथा मानसिक सन्तुुलन गुुमाएका ब्यतिmहरुलाई आवाससहितको सुविधा दिने उद्देश्यले ४ वर्ष अघी स्थापना भएको उत्त आश्रममा आश्रय लिई बसेका ७५ जना व्यक्तिहरुलार्ई यस किसिमको सहयोगले प्रत्यक्ष लाभ प्राप्त हुनेमा वैंक विश्वस्त रहेको छ । एक कार्यक्रमकाबीच उक्त संस्थालाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले खाद्यान्न र सहयोग रकम हस्तान्तरण गरेको थिए ।

यस किसिमको सहयोगले आश्रमलाई मद्दत पुगेको कुरा व्यक्त गर्दै यस सम्वन्धि कार्यक्रमलाई बैंकले निरन्तरता दिन सफलहोस् भनी मानव सेवाआश्रम, सामाखुसीका संचालक यशोदा वर्तौलाले आफ्नो विचार व्यक्त गरेकी छिन् । बैकले देशभर रहेका आफ्ना १०४ शाखाकार्यालयमार्फत समय-समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी