×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिलिभर नेपालद्वारा सेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युनिलिभर नेपालद्वारा सेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

Artha Sarokar

२८ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनिलिभर नेपालले सेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । आव २०७२/७३ को पाँच वर्ष पुरानो लाभांश रकम लिन नआएको तथा दाबी नपरेको हुनाले कम्पनीले सो लाभांश बुझिलिन आग्रह गरेको हो ।
कम्पनीले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र सेयर रजिष्ट्रार सनराइज क्यापिटलमा सम्पर्क गरी लाभांश लिन भनेको छ । कम्पनीले सो अवधिभित्र पनि बुझि नलिएमा भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगानी संरक्षण कोषमा जम्मा हुने बताएको छ ।
आव २०७२/ ७३ को लाभांश भुक्तानी हुन बाँकी रकम रू. ५७ लाख ३६ हजार ४८० रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी