×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ६% को पोजेटिभ सर्किट, मंगलबारका लागि कारोबार बन्द !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्सेमा ६% को पोजेटिभ सर्किट, मंगलबारका लागि कारोबार बन्द !

Artha Sarokar

२८ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा ६% को पोजेटिभ सर्किट लागेको छ । धेरै समयपछि सेयर बजारमा सकारात्मक सर्किट लागेको छ । जससंगै नेप्से आज मंगलबारका लागि बन्द भएको हो । मंगलबार नेप्से परिसूचकमा १३७.१८ अंकको बढोत्तरीसंगै पोजेटिभ सर्किट लागेको हो । सोमबारको तुलनामा नेप्से परिसूचक ६.१ प्रतिशतले बढेर २४१८.८४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२० कम्पनीको ४ लाख ८५ हजार ९५६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८४ करोडमाथिको सेयर कारोबार भएको छ ।

पछिल्लो समय निरन्तर सेयर बजार घटेपछि लगानीकर्ताहरु निराश बनेका थिए । घट्दो बजारको अवस्थालाई धेरैले बियारिस टेण्ड सुरु भएकोसमेत शंका पनि गरेका थिए । तर मंगलबार सेयर बजारमा एकाएक १३७.१८ अंकको बाउन्स ब्याक हुँदा आम लगानीकर्ताहरु माझ नयाँ उत्साह थपिएको छ । मंगलबार कारोबार समयअघिनै नेप्सेमा उछाल आउँदा आम लगानीकर्ताहरु खुशी भएका छन् भने बजारले लय समातेको धेरैको बुझाई छ । यता लगानीकर्ताहरुले सामाजिक संजालमासमेत खुशी साटासाट गरिरहेका छन् । मंगलबार सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको ९० करोड ८० लाख ३ हजार ६९० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उप-समूहहरुमा हरियाली छाएको छ ।

यसैगरी मंगलबारको सेयर बजारमा बरुण हाइड्रोपावरसहित ३९ कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । बरुण हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, माउन्टेन हाइड्रो नेपाल, न्यादी हाइड्रोपावर, सबैको लघुवित्त, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, गुडविल फाइनान्स, शिबश्री हाइड्रोपावर, युनाइटेड इदीमर्दी हाइड्रोपावर, कामना सेवा विकास बैंकसहितका लगानीकर्ता पनि मालामाल भएका हुन् ।  हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको ९० करोड ८० लाख ३ हजार ६९० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेशनल हाईड्रोपावर कम्पनी, आइसीएफसी फाइनान्स, अपि पावर, अरुण काबेली हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, महालक्ष्मी बिकाश बैंक, मन्जुश्री फाइनान्स, हिमालयन डिस्टिलरि कम्पनी र नेपाल पुनर्बिमा कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी