×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्रमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म पाईन्छ किन्न?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्रमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म पाईन्छ किन्न?

२९ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिभिल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । पहिलो चरणको निर्धारित समयमा ऋणपत्र बिक्री नभएपछि समय थपेर पुस ९ गतेसम्म पुर्याइएको हो । बैंकले मंसिर २४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो ।
जसमा ६० हजार इकाई म्युचुअल फन्डहरुलाई छुट्याइएको छ भने ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बाँकी १८ लाख इकाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्ने बैंकले जनाएको छ । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर दिईने बैंकले जनाएको छ ।
लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँको दरले सो ऋणपत्रमा आवेदन दिन सक्नेछन् । बैंकले १० वर्ष अवधिको ‘सिभिल बैंक डिबेन्चर २०८८’ जारी गरेको हो । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम सबै इकाईका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी