Skip to content
LAXMI SUNRISE BANK

रसुवागढी हाइड्रोपावरको वार्षिक साधारण सभा पुस २६ गते हुने, यस्ता छन् पेश गरिने प्रस्तावहरु

अर्थ सरोकार

काठमाडौं ।  रसुवागढी हाइड्रोपावर कम्पनीको नवौं वार्षिक साधारणसभा पुस २६ गते हुने भएको छ । सभा रसुवागढी हाइड्रोपावरको सभाहल महाराजगञ्ज, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको हो । यो वर्ष पनि कम्पनीले लाभांश वितरण एजेन्डा बिना सभा बोलाएको छ ।

यसपटक पनि लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्नेछ । पुस ११ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि राखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK