गलकोट । कोरोना सङ्क्रमणपछि बागलुङको जैमिनी नगरपालिका–१ कुस्मिशेराका गोबिन हमाल युनाइटेड अरब इमिरेटस् (युएई) बाट घर फर्किनुभयो । उहाँ डेढ दशकदेखि युएईमा मजदुरी गर्दै आउनुभएको थियो । विदेशबाट फर्केपछि हमाल हाल पशुपालन गर्दै आउनुभएको छ ।
“विदेशबाट फर्केपछि भैँसी फार्म खोल्ने निधोमा पुगे”, हमालले भन्नुभयो । उनलाई नयाँ व्यवसाय गर्ने सोच पलायो । भैँसी फार्म खोलेपछि विदेश बिर्सदै गएको हमालको भनाइ छ । हमालको गोठमा हाल ११ भैँसी, एक गाई, २५ बाख्रा र ५० कुखुरा छन् । हमालले कृषि तथा पशु फार्म दर्ता गरेर भैँसी बाख्रा पाल्दै आउनुभएको छ । उहाँले तरकारीखेतीसमेत गर्दै आउनुभएको छ ।
“विदेशमा १५ वर्ष बिताए, कोरोना नभएको भए अझै उतै हुन्थे”, हमालले भन्नुभयो, “अहिले दैनिक ९० लिटर दूध उत्पादन भइरहेको छ, बजारमा आफै लगेर बिक्री गर्छु, विदेशमा भन्दा परिवारसँगै बसेर काम गर्दा निकै आनन्द लाग्यो, अब यही काम गर्छु ।” उहाँले रु एक लाख ७० हजारदेखि रु एक लाखसम्मका भँैसी खरिद गरेर व्यवसाय सुरु गर्नुभएको हो ।
उहाँको व्यवसायमा श्रीमती खगी, छोरी विपना र छोरा पवनले सहयोग गर्दै आउनुभएको छ । वार्षिक रु २० हजार भाडामा तीन रोपनी जग्गा लिएर हमालले फार्म स्थापना गर्नुभएको हो । “मलाई दूध पु¥याउनै धौधौ परिरहेको छ” उहाँले भन्नुभयो, “फर्ममा अब भैँसीको सङ्ख्या बढाउँछु, बिक्री नभएको दूधको घ्यु र दही बनाएर बिक्री गर्ने योजना छ ।” हमालले जैमिनी नगरपालिकाबाट घाँस टुक्रयाउने र पानी तताउने औजार अनुदानमा पाउनुभएको छ । उहाँले उत्पादन गर्नुभएका खसी बोकासमेत स्थानीय कुश्मिशेरा बजारमा खपत हुने गरेका छन् । हमालले फार्ममा हालसम्म रु ५० लाख लगानी गर्नुभएको छ । उहाँले मासिक रु दुई लाख ४० हजार आम्दानी गर्दै आउनुभएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्