Skip to content
LAXMI SUNRISE BANK

घुससहित वडा सचिव मोहम्मद सिद्दिक अख्तियारको नियन्त्रणमा

अर्थ सरोकार

बुटवल । रुपन्देही सिद्धार्थनगर नगरपालिका–४ कार्यालयका वडा सचिव (ना.सु) मोहम्मद सिद्दिक घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले उनलाई घुससहित नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सूचना अधिकारी जयराम श्रेष्ठका अनुसार सिद्दिकले विवाह दर्ता प्रमाणपत्रका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग माग गरेको ३ हजार रुपैयाँ लिएका थिए । सोहि क्रममा उनि पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK