काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले जाडोमा डसना बनाउन व्यस्त देउखुरीका व्यापारीदेखी डाला र नाङ्गलो बिक्री गर्दै महोत्तरीका बालिकासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
जाडोमा न्यानो हुनलाई डसना बनाउँदै । व्यापारीले घर-आँगनमा पुगेर सिरक र डसना बनाउने गर्दछ्न ।
डाला र नाङ्गलो बिक्री गर्न महोत्तरीको मटिहानी बजारमा ग्राहकको प्रतिक्षामा बसेकी बालिका । स्थानीय बजारमा डाला प्रतिगोटा ३०० देखि ४०० र नाङ्गलो प्रतिगोटा १२० देखि १५० मा बिक्री हुने गर्छ ।
कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको लेतेमा कालोपत्रे गरिएको सडक र यहाँबाट देखिएको धौलागिरि हिमश्रृङ्खला ।
बागलुङको जैमिनी नगरपालिका-५ को बिनामारे र रिठेडाँडा नजिकै रहेको शङ्खेपहरा । शङ्खेपहरालाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन गाउँले लागिपरेका छन् ।
पर्यटकीय र सांस्कृतिक महत्व बोकेको बागलुङको जैमिनी नगरपालिका-३, दमेकस्थित गाजा दह । उक्त दह गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । दुई हजार ८०० मिटर उचाइमा अवस्थित गाजा दह पुग्न सदरमुकामदेखि २४ किमि यात्रा पार गर्नुपर्छ ।
बागलुङको जैमिनी नगरपालिका-६ अर्जेवाबाट देखिएको अन्नपूर्ण र माछापुछ्रे हिमाल ।
जोरपाटी-गोकर्ण-सुन्दरीजल सात किमी सडक बिस्तार सुरु भएको छ वर्ष पूरा हुँदा पनि नसकिएपछि सडकमा उडेको धूलोमा पानी हालेर कम गर्दै स्थानीयवासी । पानी नहाले सडक किनार घरमा बस्नै नसकिने अवस्था छ ।