Skip to content
LAXMI SUNRISE BANK

तीन करोड भन्दाबढीको लागतमा बन्दीपुरमा फनपार्क सञ्चालन

अर्थ सरोकार

तनहुँ । बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रबारदेखि सञ्चालनमा आएको छ । करिब साढे तीन करोड लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो । बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताउनुभयो ।

फनपार्कमा बाल उद्यान, पिङ, बगैँचामा फोटो खिच्न आर्कषक संरचना तयार गरिएको छ । यस्तै २० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हलसहितको होटल केही दिनभित्र सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । विदेशमा मनोरञ्जनका लागि प्रशस्त स्थानको व्यवस्था गरिए तापनि नेपालमा त्यस्तो संस्कृतिको विकास नभएकाले त्यो संस्कारको विकास गर्न लागिएको अर्का सञ्चालक राजीव श्रेष्ठको बताउनुभयो ।-रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK