काभ्रेपलाञ्चोक । वाग्मती प्रदेशका नवनियुक्त कृषि तथा पशुुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताउनुभएको छ ।उहाँले काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–४ मा नेकपा (एकीकृत समाजवादी)को वडा भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले मल उत्पादनका लागि दुई हप्ताभित्रै अध्ययन कमिटी बनाएर प्रशासनिक प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको हो ।
“प्रदेशमै मल उत्पादन गर्न अबको १५ दिनभित्रै अध्ययन कमिटी बनाएर प्रक्रिया अघि बढाउछौँ, अर्को आर्थिक वर्षमा बजेट छुट्याएर मल उत्पादन थाल्नेछौँ, यो अभियान देशैभरि लगिनेछ”, उहाँले भन्नुभयो । उहाँले आउँदो आर्थिक वर्षको बजेटले मल उत्पादन थालिने भए पनि यही वर्षमै अध्ययन गरी सम्पूर्ण प्रशासनिक तयारी सक्ने बताउनुभयो ।
मन्त्री हुमागाईले मन्त्रालयले दुई हप्तामै स्वेतपत्र जारी गर्दै प्रदेशमा कृषि तथा पशुुपक्षी विकासका क्षेत्रमा अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषिलाई आधुनिकीकरण गर्नुछ, जनताको कृषिका माध्यमबाट कृषकको आर्थिकस्तर वृद्धि गर्नुपर्छ ।” उहाँले आफू पनि कृषिबाटै जनताको आर्थिकस्तर वृद्धि हुनुपर्ने विचारक भएको दाबी गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय मुकुन्द गौतम, जिल्ला सचिव दीपक गौतम, अखिल नेपाल महिला सङ्घ ९एकीकृत समाजवादी ९जिल्लाध्यक्ष पासाङ डोल्मा तामाङलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा मीनप्रसाद गौतमको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्