काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २५ गते हुने भएको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय, नक्साल भगवतीबाहल, काठमाडौंमा दिउँसो १ बजे हुने भएको हो ।
सभामा कम्पनीले गत वर्षको नाफाबाट २९.५% बोनस सेयर र कर तिर्न १.५५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै अधिकृत पूँजी २ अर्ब ५० करोड रुपैयाँबाट बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ । प्रस्तावित बोनस वितरणपछि पूँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन संशोधन हुनेछ ।
यस्तै सभामार्फत सञ्चालक समितिका सदस्यहरुको नियुक्ति अनुमोदन हुने भएको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि पुस १३ गतेदेखि बुक क्लोज हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्