काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले पुस ७ गते बुधबार वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभा मिराबेल रिर्सोट एन्ड होटल धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे बोलाएको हो ।
सभाले कम्पनीको २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ । साथै संस्थाको केन्द्रीय कार्यलय बनेपा ७ काभ्रेपलाञ्चोकमा स्थान्तरण गर्ने प्रस्ताव पनि रहेको छ । यस्तै अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । सभा प्रयोजनको लागि कम्पनीले मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ मंसिर २३ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न र सभामा भाग लिन पाउने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्