काठमाडौं । नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । सभा कम्पनीको सभाहल, काठमाडौंमा बिहान ८:३० बजे हुने भएको हो ।
कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सभाको प्रस्तावमा आव २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने रहेको छ ।