×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अभियान लघुवित्तको अध्यक्षमा बाबुराम थापा, सञ्चालकमा भट्टराई, पाठक र झा निर्वाचित

LAXMI SUNRISE BANK

अभियान लघुवित्तको अध्यक्षमा बाबुराम थापा, सञ्चालकमा भट्टराई, पाठक र झा निर्वाचित

२१ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बाबुराम थापा चयन भएका छन् । पुस २० गते सम्पन्न संस्थाको प्रथम वार्षिक साधारणसभाले अध्यक्ष पदमा थापालाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
संस्थाको वार्षिक साधारण सभा पुस २० गते काभ्रेपलाञ्चोकको पनौतीमा सम्पन्न भएको हो । सभाले अध्यक्ष सहित ४ जना सञ्चालकलाई आगामी ४(चार)वर्षको लागि सर्वसम्मत रुपमा नयाँ सञ्चालकको रुपमा निर्वाचन गरेको छ ।
साधारणसभा लगत्तै बसेको नवनिर्वाचित सञ्चालक समितिले निर्वाचित सञ्चालकहरुमध्येबाट बाबुराम थापालाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । नवनिर्वाचित सञ्चालक समिति अनुसार अध्यक्षमा बाबुराम थापा, सञ्चालकमा भोजराज भट्टराई, भारती पाठक र प्रविण झा रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष बाबुराम थापाले अभियान लघुवित्तले आफ्ना ग्राहक सदस्यहरुलाई उद्यमी बनाई आत्मनिर्भरतातर्फ उन्मुख गराएर मात्र गरिबी न्युनीकरणको राष्ट्रिय अभियानमा टेवा पुग्ने बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी