काठमाडौँ । नेपाल राष्ट्र बैंकले १७ अर्ब ५३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनकाे अवधिकाे लागि ५ अर्ब ५३ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल चैत्र ८ गते परिपक्क हुनेछ ।
यस्तै बैंकले १८२ दिनकाे अवधिकाे लागि १० अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल असार ७ गते परिपक्क हुनेछ । साथै बैंकले ३६४ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल पाैष ५ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकले सो ट्रेजरी बिल आज सोमबार दिउँसो २ बजे बोलकबाेल भएर भाेलि पाैष ६ गते, मंगलबार बिक्री हुनेछ ।