Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्त मालीगाउँलाई जनचेतना मूलक बोर्डहरु हस्तान्तरण

अर्थ सरोकार

काठमाडौं । “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गतकामना सेवा विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्त मालीगाउँलाई वभिन्न जनचेतनामुलक शाइन बोर्डहरु, माक्स तथा स्यानिटाइजर हस्तान्तरण गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक श्री विश्वेश्वर सुवेदीतथा नायव प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्सालले संयुक्त रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हन् । साथै, हस्तान्तरण कार्यक्रम पछि बैंकका सञ्चालक विश्वेश्वर सुवेदीतथा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरिक्षक मिन बहादुर कुंवरले सानो गौचरनमा संयुक्त रुपमा जनचेतनामुलक बोर्डको अनावरणसमेत गरेका थिए । उक्त बोर्डहरु शहरका विभिन्न ठाउँहरुमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकका सञ्चालक विश्वेश्वर सुवेदीको अध्यक्षता तथा काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दल बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सम्बोधन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हरी प्रसाद लम्सालले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा योगदान पुर्याउने महत्वपूर्ण अवसर प्रदान गरेकोमा सामुदायिक प्रहरी सेवा केन्द्र नक्साल, महानगरीय प्रहरी वृत्त मालीगाउँलाई, ३० नंं वडा कार्यालयलगायत सबैलाई धन्यवाद दिंदै आगामी दिनहरुमासमेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरिक्षक मिन बहादुर कुंवरले बैंकले आफ्नो व्यवसायको अतिरिक्त आफ्नो सामाजिक उत्तरदायित्व सम्झि समुदायको हकहितको खातिर यस्ता महत्वपूर्ण कार्यहरु गरेकोमा आफूलाई निकै गर्व लागेको र यस्ता कार्यमा प्रहरी संधै साथमा रहने प्रतिबद्धता जनाएका थिए ।

यसै गरी वडा नंं. ३० का वडाअध्यक्ष दल बहादुर कार्कीले बैंकले ट्राफिक बत्ती, न्यून आय भएका परिवारका बालबालिकाहरुलाई न्यानो लुगा तथा शैक्षिक सामाग्री वितरण, सरसफाई, वित्तीय साक्षरता अभियान सञ्चालन, शान्ति सुरक्षा तथा सडक दुर्घटना न्यूनीकरणको लागि जनचेतनामुलक पोष्टर तथा शाइनबोर्डहरु वितरण गरी समाजको लागि अनुकरणीय कार्यहरु गरेकोमा आफू तथा सम्पूर्ण वडाबासीहरुको तर्फबाट विशेष धन्यवाद दिएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK