×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्यापुले सम्पन्न गर्यो नेपालको पहिलो टिकटक अवार्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्यापुले सम्पन्न गर्यो नेपालको पहिलो टिकटक अवार्ड

५ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । टिकटक क्रिएटरलाई सम्मान गर्ने उद्देश्यले नेपाली इकमर्स ग्यापु मार्केटप्लेसले चर्चित टिकटक क्रिएटरहरुलाई विभिन्न विधामा टिकटक अवार्ड प्रदान गरेको छ । कार्यक्रममा बर्षा बस्नेतले बेस्ट रिप्रिजेन्टेटिभ, पुजा एन्जलले मस्ट लबेभल, केपी खनालले दि सोसल एक्टिभिस्ट नृत्य ट्रुप नेपाललाई बेस्ट डान्सिङ ट्रुपु स्मारिका समारिकालाई मस्ट कमेडियन ट्विन्स् पुरु सिग्देल र उनको आमा विद्या सिग्देललाई बेस्ट मदर सन अवार्ड प्रदान गरेको छ ।

यसैगरी शिक्षा संग्रौलालाईुमस्ट इन्टलेक्चुअल, शिशिर भण्डारीलाई बेस्ट कमेडियन एक्टर, मुस्कान गुरागाईलाई मस्ट ट्यालेन्टेड, निता लता सरोवरलाई ुहाउसहोल्ड कन्टेन्ट, अनिश तामाङलाई, नेपाल फर्स्ट बडि पेन्टर, बिपि श्रेष्ठलाई मस्ट क्रियटिभ र बिष्णु पाण्डेलाई बेस्ट इन्टरटेनर बिधामा अवार्ड प्रदान गरिएको छ ।

सौर्य भेटवालले मस्ट अडोरबल अवार्ड हात पारे भने पवित्रा ढुंगानालाई मस्ट डेडिकेटेड, ढुकुरे डनलाई बेस्ट कमेडियन, शिव पौडेललाई बेस्ट फिटनेस मेल, सिता तामाङलाई बेस्ट फिटनेस फिमेल, अपिल राईलाई, बेस्ट पर्फमर र अन्जना अर्याललाई हाउसहोल्ड सेफ अवार्ड प्रदान गरिएको छ । आइतबार साँझ राजधानीमा आयोजना गरिएको कार्यक्रममा भ्वाइस अफ नेपालका कार्यकारी निर्माता सुशील नेपालले अवार्ड हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा ग्यापु मार्केटप्लेसले सन्चालन गरेको दशैं तिहार महोत्सवको बम्पर उपहार अन्तर्गत लक्की ड्र गरि अप्रिलिया स्कुटरको बिजेतासमेत घोषणा गरिएको छ । बिजेता आयुष्मा भट्टलाई स्कुटरको हस्तान्तरण केही दिन पछि गरिने बताइएको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी