- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको प्रभु क्यापिटल र पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्सबीच लगानी व्यवस्थापन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र पोखरा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ्गले हस्ताक्षर गरेका छन ।
यो सम्झौतापछि पोखरा फाइनान्सको लगानी प्रभु क्यापिटलका विशेषज्ञ लगानी व्यवस्थापकहरुले व्यवस्थापन गर्नेछन् । दुवै पक्षलाई उच्च प्रतिफल सुनिश्चित गर्ने लक्ष्यका साथ यो लगानी व्यवस्थापन संम्झौता गरिएको प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले बताए । प्रभु क्यापिटलले हाल प्रभु स्मार्ट पिएमएस अन्तर्गत संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरुलाई लगानी व्यवस्थापनको सेवा प्रदान गरिरहेको छ ।