×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पेमेन्ट सोलुसन्स् र लुम्बिनी बिकास बैंकबीच सम्झौता, ग्राहकले वन लिन्क र लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल पेमेन्ट सोलुसन्स् र लुम्बिनी बिकास बैंकबीच सम्झौता, ग्राहकले वन लिन्क र लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउने

Artha Sarokar

७ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स् र लुम्बिनी बिकास बैंक लिमिटेडबीच सम्झौता भएको छ । सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै बैंकसँग सहकार्यको लागि सम्झौता गरेको हो । सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्स्.ओ र सिमोन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा बैंकको तर्फबाट उमेश रेग्मी, डेपुटी सीईओ र विशल जोशी, आईटी र कार्ड प्रमुखले आ-आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

साथै,बैंकले लेनदेन बैंकिङमा कोर क्षमताको लाभ उठाउन सक्छ। यस सम्झौता अनुसार सोलुसन्स्ले बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, बैंकसँग आवद्ध ग्राहकहरुले सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।

सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ । साथै, तिनीहरूले डिजिटल प्रविधिहरूको लाभ उठाएर उच्च स्तरीय बैंकिङ सेवाहरू र भुक्तानी समाधानहरू प्राप्त गर्नेछन्। नेपाल पेमेन्ट सोलुसन प्रा. लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।

नेपाल पेमेन्ट सोलुसनले अधिकाशं “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ । समग्रमा, नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो जसले ५० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १५ भन्दा बढि रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी