×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि ज्ञान केन्द्रद्धारा पर्सामा समानुपातिकरूपमा मल वितरणको तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कृषि ज्ञान केन्द्रद्धारा पर्सामा समानुपातिकरूपमा मल वितरणको तयारी

Artha Sarokar

७ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विरगञ्ज । पर्सामा रासायनिक मलको अभाव भएपछि सबै स्थानीय तहमा समानुपातिकरूपमा वितरण गर्ने तयारी गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, वीरगञ्ज र कृषि ज्ञान केन्द्र, पर्साको सहजीकरणमा खेतीयोग्य जमिनका आधारमा मापदण्ड निर्धारण गरिएको हो ।

स्थानीय तहले सिफारिस गरेपछि तोकिएको मापदण्डबमोजिम मल वितरण गरिने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रबन्धक गोरखनाथ केसीले जानकारी दिनुभयो । पर्साका १४ स्थानीय तहलाई मापदण्डअनुसार रासायनिक मल वितरण गर्ने तयारी छ । कृषि ज्ञान केन्द्रले मल वितरणको तयारी गरेको छ ।

वीरगञ्ज महानगरपालिकालाई तत्कालका लागि तीन हजार ४३६ बोरा युरिया मल, पर्सागढी नगरपालिकालाई एक हजार ६६४ बोरा, पोखरिया नगरपालिकालाई एक हजार ३४४ बोरा र बहुदरमाई नगरपालिकालाई एक हजार ६२० बोरा उपलब्ध गराइने कृषि ज्ञान केन्द्रले जनाएको छ । यस्तै जगरनाथपुर गाउँपालिकालाई एक हजार ६६४ बोरा, जिराभवानीलाई एक हजार ४२८, पटेर्वा सुगौलीलाई एक हजार, सखुवा प्रसौनीलाई एक हजार ७१४, धोबिनीलाई एक हजार ४००, छिपहरमाईलाई एक हजार ८८, पकाह मैनपुरलाई ८२० र कालिकामाई गाउँपालिकालाई ७७२ बोरा मल उपलब्ध गराइने भएको कृषि ज्ञान केन्द्रका प्रमुख मुनिलाल प्रसादले जानकारी दिनुभयो ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी