म्याग्दी । दुर्गम क्षेत्र मानिने रघुगङ्गा गाउँपालिका–८ को कुइने सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्जालमा जोडिएसँगै कुइनेका बासिन्दालाई जिल्ला सदरमुकाम बेनी र पालिकाको केन्द्र मौवाफाँट पुग्न एक दिन लाग्ने गरेकामा अब यात्रा चार घण्टामा छोट्टिएको छ ।
सडक निर्माण भएपछि आवतजावत, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी, कृषि उपज र जडीबुटी निकासी गर्न सहज भएको वडाध्यक्ष गमान छन्त्यालले बताउनुभयो । अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्यता रहेको कुइनेमा मोटरसाइकल, जीप र ट्र्याक्टर गुड्न थालेका छन् । बिरामीलाई अस्पताल पुर्याउन सहज भएको छ ।
रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइने जोड्ने सडक निर्माण भएको हो । ठाडाखानीबाट कुइने जोड्ने १२ किलोमिटर दूरीको सडक मार्ग सञ्चालनमा आएको रघुगङ्गा गाउँपालिकाका सवइञ्जीनियर कमल चोखालले जानकारी दिनुभयो । यस वर्ष उपभोक्ता समितिमार्फत एक हजार ५०० मिटर सडक निर्माण भएपछि कुइने सडक सञ्जालसँग जोडिएको छ । “सडक स्तरोन्नतिको काम बाँकी छ”, उहाँले भन्नुभयो । बेनीबाट कुइनेसम्मको सडकको दूरी ४० किलोमिटर रहेको छ ।
कुइने जोड्ने सडक निर्माण गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा ८० लाख विनियोजन गरेको थियो । सडकमा पर्खाल, नालीलगायतका संरचना निर्माण गर्न बाँकी छ । गत आर्थिक बर्षमा गाउँपालिकाले ४५ लाख विनियोजन गरेको थियो । कुइनेसँगै रघुगङ्गाका आठवटै वडाका सबै बस्तीमा सडक विस्तार भएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्