Skip to content
LAXMI SUNRISE BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाद्वारा पुस २९ गते साधारणसभा आह्वान, २० प्रतिशत बोनस सेयर पारित गर्ने विशेष प्रस्ताव

अर्थ सरोकार

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले पुस २९ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले सभा होटल सारथी, धुलिखेल काभ्रेमा बिहान ११ः३० बजे डाकेको हो ।
सभामा कम्पनीले गत वर्षको नाफाबाट २०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।
सभा प्रयोजनका लागि कम्पनीको पुस १९ गतेदेखि बुक क्लोज हुने भएको छ । यस अनुसार पुस १८ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK