काठमाडौँ । कृषि विकास बैंकको वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । बैंकको सभा केन्द्रीय तालिम केन्द्र, बोडे भक्तपुरमा बिहान ११ बजे हुने भएको हो । सभामा बैंकले २०% बोनस सेयर र कर तिर्न १.०५२% नगद लाभांश वितरण गर्ने एजेन्डा पेस गर्ने भएको छ ।
यस्तै बैंकले अग्राधिकार सेयरधनीलाई चुक्ता पूँजीको ६% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस गर्ने भएको छ । बोनस सेयर वितरणपछि चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र र नियमावली संशोधन हुनेछ भने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।
बैंकले सभा गर्न पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ । पुस १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्