×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : सिन्धुपाल्चोकको एक परिवारमा १३ वर्षपछि फर्कियो नसोचेको खुशी, हुम्लाको जनजीवन कष्टकर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

देश बोल्ने फोटो कथा : सिन्धुपाल्चोकको एक परिवारमा १३ वर्षपछि फर्कियो नसोचेको खुशी, हुम्लाको जनजीवन कष्टकर

Artha Sarokar

२० पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२, भीमटावरकी वेपत्ता पार्वती माझीलाई १३ वर्षपछि काठमाडौँको तार्केश्वरमा रहेको नवजीवन परोपकार समाजले उद्धार गरी परिवारसँग पुनर्मिलन गराएकोदेखि आइतबार अपराह्नबाट हिउँ पर्न थालेपछि हुम्लाको जनजीवन कष्टकर भएकोसम्मका दृश्यलाई फोटोमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२,  भीमटावरकी वेपत्ता पार्वती माझीलाई १३ वर्षपछि काठमाडौँको तार्केश्वरमा रहेको नवजीवन परोपकार समाजले उद्धार गरी परिवारसँग पुनर्मिलन गराएपश्चात् परिवारसँग सामूहिक तस्बिरमा पार्वती  ।
हुम्लामा भएको भारी हिमपात । आइतबार अपराह्नबाट हिउँ पर्न थालेपछि यहाँको जनजीवन  कष्टकर भएको छ ।
हुम्लामा भएको भारी हिमपात । आइतबार अपराह्नबाट हिउँ पर्न थालेपछि यहाँको जनजीवन  कष्टकर भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा जारी अन्तर वडास्तरीय फुटबल प्रतियोगिता हेर्न सहभागी दर्शक । प्रतियोगितामा प्रथम टिमले नगद रु एक लाख एक हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । 
गुल्मीको सदरमुकाम तम्घासस्थित चारिखोलमा नौ महिनापछि सञ्चालनमा आएको हाटबजारमा तरकारी किन्दै ग्राहक । 
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरवासमा रमाउँदै आन्तरिक पर्यटक । अहिले उक्त घरवासमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वातै बढेको छ । 
दक्षिण एसियाकै नमुना लमजुङ क्व्होलासोथर गाउँपालिका– ३ घलेगाउँ घरवासमा आएका पर्यटक घलेगाउँ डाँडामा रमाउँदै । सेँत्तीस घरमा घरवास सञ्चालनमा रहेको यस घलेगाउँ घरवासमा कोभिड– १९ का कारण सुनसान बनेको करिब दश महिनामा यतिबेला पर्यटकको चहलपहल सुरु हुन थालेपछि पर्यटन व्यवसायी हर्षित बनेका छन् ।
जन्तेढुङ्गा गाउँपालिका–५, चिसापानी घोर्लेका  कृषकको बारीमा फलेको सुन्तला । घोर्लेमा उत्पादित सुन्तला ठेकेदारले अग्रिम बैना दिएर बिक्रीका लागि बाहिरी जिल्ला लैजाने गरेका छन् । 
पर्सागढी नगरपालिका वडा नं ६, वागेश्वरी चैनपुरमा सिँचाइ गर्दा पानीले नभिजेको गहुँबालीमा भाँडोको सहायताले  भिजाउँदै किसान । पर्सामा यस वर्ष २६ हजार ५० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ ।
पाँचथरको मुवा झरनामा रमाउँदै आन्तरिक पर्यटक ।
हुम्लामा भारी हिमपात भएपछि  सदरमुकामलगायत विभिन्न ठाउँबाट हिउँमा मनोरञ्जन लिन आएका युवा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी