एजिएम नोटिस :
कम्पनी : सिभिल बैंक लिमिटेड
इभेन्ट : साधारणसभा
हुने मिति : पुस ३० गते, शुक्रबार
विवरण :
बैंकले ११औं वार्षिक साधारणसभा पुस ३० गते गर्ने भएको हो । सभा प्रयोजनका लागि बैंकले पुस २० गते बुक क्लोज गर्नेछ । पुस १९ गतेसम्म मात्र कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
पेस गर्ने प्रस्तावहरु :
गत वर्षको नाफाबाट ५% बोनस सेयर कर तिर्न ०.२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने ।
कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिईने ।
आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने ।
आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
अम्रपाली बैंक्वेट, बालुवाटार काठमाडौंमा बिहान ११ बजे हुने।