×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली बजारमा लन्च भयो बेनेलीको १२५ सीसी प्रिमियम स्कुटर प्यानेरिया १२५ ईएफआई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाली बजारमा लन्च भयो बेनेलीको १२५ सीसी प्रिमियम स्कुटर प्यानेरिया १२५ ईएफआई

११ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च भएको छ । आयोजित एक कार्यक्रमकाबीच सो स्कुटर सार्वजनिक गरिएको हो । यस सँगै बेनेली अब प्रिमियम स्कुटर सेगमेन्टमा प्रवेश गरेको छ ।

इटालीको एक आइल्यान्डको नामबाट यो स्कुटरको नाम ‘प्यानेरिया’ राखिएको हो । प्यानेरिया १२५ ईएफआई एड्भान्स्ड मोडर्न फिचरले भरिएको क्लासिकलुकमा उपलब्ध नियो–रेट्रो कम्बिनेसनको स्कुटर हो । यसमा ईएफआई अर्थात इलेक्ट्रोनिक फ्युलइन्जेक्सनसहितको नोवल सिंगल सिलिन्डर एयरकुल्ड १२४ सीसीको इन्जिन छ, जसले ७५०० आरपीएममा ८.५ पीएसको पावर र ६००० आरपीएममा ९.२ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा ड्युअल पिस्टन क्यालिपर सहितको ९० एमएम ट्राभल र १९० एमएम डिस्क ब्रेकिङ सिस्टमसहितको फ्रन्ट सस्पेन्सन छ भने टेलिस्कोपिक आयल ड्याम्पन्ड क्वाइल स्प्रिङसहितको रियर सस्पेन्सन छ । यसमा १२ इन्च आल्मुनियम अलोय रिममा १००-९०-१२ र ११०-९०–१२ ट्युबलेस टायर छ । यो स्कुटरमा १२ इन्चको ह्विल, लेदर फिनिस्ड गरिएको आरामदायी सिट, ड्युअल पिस्टन क्यालिपर सहितको फ्रन्ट डिस्क ब्रेक, किल स्विच, हजार्ड लाइट र कम्फर्टेबल एलईडी लाइट सेटलगायतका विभिन्न प्रिमियम फिचर उपलब्ध छन् ।

यसमा मुनलाइट रिफ्लेक्सनसहितको डिजिटल ड्यास बोर्ड र एनालगओडोमिटरको कम्बिनेसन भएको ड्यासबोर्ड छ । यसमा विभिन्न जानकारी सहज तरिकाले पाउन सकिन्छ । प्यानेरिया १२५ ईएफआई स्कुटर ह्वाइट, ब्ल्याक, ब्लु र येल्लो गरी विभिन्नचार कलरमा उपलब्ध छ भने यसको मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

बेनेलीले सन् १९७० पश्चात पहिलो पटक यस प्रकारको रेट्रो स्कुटर बजारमा ल्याएको र नेपालमासमेत भित्रिएको हो । सन् १९११ मा इटालीको पेसारोमा टेरेसा बोनी बेनेली परिवारले यो कम्पनीको स्थापना गरेको थियो । त्यस यता सबै राइडरलाई लक्ष्यित गरी विभिन्न सेगमेन्टका मोटरसाइकल र स्कुटर कम्पनीले उपलब्ध गराइरहेको छ । नेपाली बजारमा केटीएम इन्टरनेसनलले बेनेली ब्रान्डका मोटरसाइकल र स्कुटर बिक्री-वितरण गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी