×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्धारा नगद अमेरिकी डलरको बिक्री सुचारु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्धारा नगद अमेरिकी डलरको बिक्री सुचारु

११ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हजुरहरुको प्रगतिको साथी भन्ने मूल नाराका साथ आफ्ना सेवाहरुलाई परिस्कृत गर्दै यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना गा्रहकहरुको सुविधाको लागी विदेशबाट अमेरिकी डलर आयात गरी बिक्री बितरण सुुरु गरेको छ । हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकले अमेरिकी डलर आयात गरेको हो ।

विभिन्न प्रयोजनका लागी विदेश जान पर्ने ग्राहकहरुले आवश्यक कागजाजहरु बैंकमा बुझाई आफुलाई आवश्यक पर्ने अमेरिकी डलर सहज रुपमा सटही गर्न सक्ने बैंकले जनाएको छ । यस्तो सटही सुविधा हाल काठमाण्डौ उपत्यकाको दरवारमार्ग , कुमारीपाटी , बौद्ध , कोटेश्वर,कुलेश्वर ,ठिमी, कमलादी ,न्यूरोड, डिल्लीबजार, नयाँबजार,भैँसेपाटीलगायतका शाखाहरुबाट प्राप्त गर्न सकिने छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ८८वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १२ लाख ८०हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदानगर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्नScan & Withdraw सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।

साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरुलाई सकेसम्म बैंकमा नआइकनै बैंकिङ सुबिधा प्राप्त गर्न सहजहोस् भनी यस बैंकमा बचत खाता संचालन गदै आएका ग्राहकहरुलाई बैंकको मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, सेयर कारोबारको सहजीकरणका लागि डि-म्याट तथाआस्बा सेवा,कार्डलगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्थासमेत मिलाइएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी