Skip to content
LAXMI SUNRISE BANK

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस १५ गते हुने, लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिने 

अर्थ सरोकार

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस १५ गते हुने भएको छ । कम्पनीको सभा एलिस रिसेप्सन, गैरिधारा काठमाडौंमा बिहान ११ बजेदेखि हुने भएको हो ।
कम्पनीले गत वर्षको नाफाबाट १९% बोनस सेयर र कर प्रयोजनका लागिसहित ६% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । यसर्थ, कम्पनीले १७ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।
यस्तै ५ करोड ६५ लाख ८० हजार रुपैयाँ नगद बाँड्नेछ । सभा प्रयोजन र लाभांश वितरण गर्न यसले बुक क्लोज र बोनस सेयरमा मूल्य समायोजनसमेत गरिसकेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK