×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साञ्जेन जलविद्युत कम्पनी वार्षिक साधारणसभा मंगलबार, लगानीकर्ताको हात भने खाली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साञ्जेन जलविद्युत कम्पनी वार्षिक साधारणसभा मंगलबार, लगानीकर्ताको हात भने खाली

Artha Sarokar

११ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीले पुस १३ गते (मंगलबार) वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले सभा स्मार्ट क्याफे, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे गर्ने भएको हो ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ । साञ्जेनले यस वर्ष लाभांश भने वितरण नगर्ने भएको छ ।
लाभांश सम्बन्धी कुनै एजेन्डा सभामा समावेश हुने छैन । सभा प्रयोजनका लागि पुस ५ गतेदेखि बुक क्लोज गरेको छ । पुस ४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी