- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वेस्टर्न युनियनको दशैंको सौगात अन्तर्गत ‘बम्पर लक्की ड्र’को विजेता घोषणा गरेको छ । उक्त बम्पर लक्की ड्र को विजेता पोखराकी कल्पना शाही भएकी छिन् । शाहीलाई सीजी फिन्कोका डीजीएम नरबहादुर केसीले १० लाख हस्तान्तरण गरेका छन् । विजेता शाहीले सो रकम उत्पादनमूलक क्षेत्रमा लगानी गरी जीवनभर वेस्टर्न युनियन मनी ट्रान्सफरलाई सम्झिरहने बताइन् ।
यो योजनामा सहभागी हुन नेपालका ग्राहकले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को लि।, हुलास रेमिट्यान्स, माया रेमिट प्रालि, नबिल बैंक, डिजिटेक रेमिट्यान्स प्रालि र सूर्य रेमिट प्रालिबाट रकम प्राप्त गरेको हुनुपर्ने शर्त थियो ।
शाहीलाई वेस्टर्न युनियन तथा सीजी फिन्कोअन्तर्गत १० लाख जितेको समाचार सुन्दा शुरुमा पत्यारै नै नलागेको बताइन् । साथीभाइहरूले पनि यो खबर झुटो हुनसक्ने भनी उनलाई सचेत गराए । दुबईमा रहेका उनका श्रीमान्ले पनि यस्तो महामारीका बेला पनि कसैले पुरस्कार दिन्छ र भन्दै यसलाई नपत्याउन बताए । पछि गएर सीजी फिन्कोबाट फोन आएपछि मात्र बल्ल उनले आफुले १० लाख जितेको बल्ल विश्वास गरिन् ।
दुबईमा रहेका श्रीमान्ले दशैं खर्चका लागि कल्पनालाई वेस्टर्न युनियनमार्फत रकम पठाएका थिए । कल्पनाले उक्त रकम पोखराकै सीजी फिन्कोबाट भुक्तानी लिएपछि उनी ‘लक्की ड्र’मा समावेश भएकी थिइन् ।पोखरामै सानो व्यवसाय सम्हाल्दै १४ वर्षीय छोरासँग जीवन गुजारिरहेकी कल्पनाका श्रीमान् दुबईमा अपरेटरका रूपमा काम गर्छन् ।