×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डोल्पा सदरमुकाममा विद्युत् सेवा अवरुद्ध, तीन हप्तापछि मात्र सञ्चालनमा आउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डोल्पा सदरमुकाममा विद्युत् सेवा अवरुद्ध, तीन हप्तापछि मात्र सञ्चालनमा आउने

Artha Sarokar

१३ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

डोल्पा । डोल्पाको सदरमुकामलगायत आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ । जैसीगाड जलविद्युत् आयोजनाको उपकरणमा खराबी आएपछि विद्युत् अवरुद्ध भएको हो । उपकरणको मर्मतका लागि वुटबल पठाएको आयोजनाका कर्मचारी मुस्कान रावलले जानकारी दिनुभयो । सो क्षेत्रमा हिउँदयाममा आलोपालो तरिकाले विद्युत् सेवा प्रदान गरिँदै आइएको थियो ।

राष्ट्रिय प्रशारणसँग नजोडिएको हिमाली जिल्ला डोल्पामा स्थानीय विद्युत् बन्द हुन वित्तिकै सबै सेवा बन्द हुने गर्दछ । ठूलीभेरी नगरपालिकामा पर्ने २०० किलोबाट क्षमताको विद्युत् अब तीन हप्तापछि मात्र सञ्चालनमा आउने आयोजनाले बताएको छ । जैरीगाड जलविद्युत्बाट एक हजार २५० घरधुरीले विद्युत् सेवाग्राही छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी