म्याग्दी । म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा शून्य दशमलव ८९ प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
क्षेत्रफल घटेको र भित्र्याउने समयमा वर्षात्ले पुर्याएको क्षतिले उत्पादनमा असर पुगेको केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । गत वर्ष तीन हजार ८९० हेक्टर क्षेत्रफलमा खेती हुँदा १३ हजार ४८० मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस वर्ष तीन हजार ८८५ हेक्टरमा धानखेती भएको थियो । १३ हजार ३६० मेट्रिक टन उत्पादन भएको कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो । वैशाख-जेठ महिनादेखिनै वर्षा भएकाले कृषकले समयमै धान रोपाइँ गर्न पाएका थिए । नियमित वर्षा भएकाले सिँचाइ सहज भएको थियो । रोगकिराको समस्या नदेखिए पनि कात्तिकको पहिलो साता भएको वर्षात्ले भित्र्याउन समस्या र २०० हेक्टरमा बोट ढलाएर क्षति गरेको थियो ।
म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।
अनुकूल मौसमका कारण मकै उत्पादन भने बढेको छ । यस वर्ष नौ हजार ४३५ हेक्टर क्षेत्रफलमा मकैखेती भएको थियो । गत वर्ष ३२ हजार २०० मेट्रिक टन मकै उत्पादन भएकोमा यसपालि ३२ हजार २१० मेट्रिक टन उत्पादन भएको छ । मकै म्याग्दीमा सबैभन्दा धेरै खेती हुने खाद्यबाली हो ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्