काठमाडौं । घलेम्दी हाइड्रोपावरको आठौ वार्षिक साधारणसभा पनि आज शुक्रबार हुँदैछ । कम्पनीको सभा सासा ब्यांक्वेट, नयाँबजार काठमाडौंमा विहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुने भएको हो । सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि १६ गतेसम्म बुक क्लोज गरेको छ ।
यस्तै यो वर्ष पनि लगानीकर्ताको हात रित्तो हुने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । पुस ४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।