×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउन्टेन हाइड्रो नेपालले डाक्यो पुष २९ गते छैठौं साधराणसभा, पुष १५ गते बुक क्लोज गर्ने निर्णय

GLOBAL IME BANK

माउन्टेन हाइड्रो नेपालले डाक्यो पुष २९ गते छैठौं साधराणसभा, पुष १५ गते बुक क्लोज गर्ने निर्णय

१६ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडको छैठौं वार्षिक साधारणसभा पुष २९ गते हुने भएको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २९ गते कालिमाटि ब्यांक्वेट, कालिमाटि काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बोलाउने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ भने सोही आवको आर्थिक विवरण (वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाहलगायतका वित्तीय विवरणहरु) माथि छलफल र स्वीकृत गर्ने सभाको एजेण्डा रहेको छ ।
आव २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण समुहबाट निर्वाचित संचालक शिव प्रसाद त्रिपाठीले राजिनामा दिई रिक्त रहेको पद निर्वाचनद्धारा पूर्ति गर्ने एजेण्डा पनि सभामा रहेको छ ।
यता कम्पनीले पुष १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार पुष १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: