वीरगञ्ज । करिब ६० लाख बराबरको भन्सार छली ल्याइएको खुद्रा सामान तथा औषधि लोड रहेको एउटा ट्रकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिई कारबाहीका लागि बिहीबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जनाइएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका-२१ परवानीपुरचोकस्थित सडकखण्डमा प्रदेश नं २-०३-००१ख ०१२९ नंको मालवाहक ट्रक तथा चालक बाराका परवानीपुर गाउँपालिका–२ बस्ने ३३ वर्षीय नसरूदीन मियाँलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त सामाग्रीको करिब ६० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्