×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माघ ७ गतेदेखि कर्पोरेट डेभलपमेन्ट बैंकको ३० लाख कित्ता हकप्रद सेयर खुल्ने, देशभरका यी स्थानबाट आवेदन दिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माघ ७ गतेदेखि कर्पोरेट डेभलपमेन्ट बैंकको ३० लाख कित्ता हकप्रद सेयर खुल्ने, देशभरका यी स्थानबाट आवेदन दिन सकिने

१८ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१.५ अनुपातमा ३० लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो ।
यसमा पुस २५ गतेसम्म कायम रहने सेयरधनीले माघ २७ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । सो हकप्रदमा सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौंका साथै कर्पोरेटको रजिष्टर्ड कार्यालय तथा वीरगञ्ज, पर्सामा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।
यस्तै सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फत् अनलाइन आवेदन दिन सकिने बैंकले जनाएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस बैंकलाई केयरएनपी बी प्लस आइएस रेटिङ दिएको छ । जसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिममा रहेको संकेत गर्दछ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी