काठमाडौं । नेशलन लाइफ इन्स्योरेन्सको ७५ हजार कित्ता संस्थापक सेयर बिक्री खुला हुने भएको छ । कम्पनीले श्रीगणेश प्रोपटर्टिज एन्ड इन्भेष्टमेन्टको नाममा रहेको सेयर बिक्री गर्न लागेको जनाएको हो ।
यस सेयरको बिक्री मूल्य भने खुलाइएको छैन । यद्यपि यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र निवेदन दिनुपर्नेछ ।
सो सेयर खरिद गर्न कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने छ ।