कञ्चनपुर । भीमदत्त नगरपालिकाले चालू आवको पाँच महिनामा पाँच करोड राजस्व संकलन गरेको छ । आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व संकलन गरिएको हो ।
नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा उक्त राजस्व संकलन भएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले वार्षिक ११ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ४५ प्रतिशत बढी आन्तरिक आय संकलन भइसकेको छ ।
त्यस्तै आन्तरिक आय अतिरिक्त मालपोत करबापत नगरपालिकालाई वार्षिक तीन करोड ५० लाख र विभाज्य करअन्तर्गत सात करोड ५० लाख संकलन भएको छ । नगरपालिकाले स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आयलाई बढाउँदै लगेको छ । चार वर्षअघि नगरपालिकाको आय करिब चार करोड रहेकामा गत वर्षसम्म त्यसमा वृद्धि गरी २१ करोड पुर्याइएको थियो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्