सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिकाले नगरभित्रका किसानलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको हो ।
मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका अपाङ्गता भएका व्यक्तिका ३३ परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको नगरप्रमुख भरतकुमार खत्रीले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिका परिवारलाई सातदिने मौरीपालनसम्बन्धी तालिमसहित मङ्गलबार मौरीसहितको घार वितरण गरिएको नगरप्रमुख खत्रीले बताउनुभयो । घारसहितको मौरी वितरण गर्दे नगरप्रमुख खत्रीले सहभागीलाई व्यावसायिक बन्न आग्रह गर्दै नयाँ व्यवसायीलाई थप सहयोगसमेत गर्ने धारणा राख्नुभयो । उहाँले ११ वटै वडाबाट छनोट भएका ३३ अपाङ्गता परिवारलाई घारसहितको मौरी वितरण गरिएको बताउनुभयो ।
अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत चैनपुर नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको लागत साझेदारीमा पुस १४ देखि २० गतेसम्म मौरीपालनसम्बन्धी तालिम गरिएको कार्यक्रमका फोकल पर्सन सूर्यकिरण भण्डारीले जानकारी दिनुभयो । चालू आर्थिक वर्षको कार्यक्रमअनुसार मौरीपालनका लागि किसान छनोट गरिएको भण्डारीले बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्