- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंको कोटेश्वर चोकमा आइतबार बिहानै पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ । बिहान झन्दै ६ः३० बजे कोटेश्वर चोकमा एक युवकलाई पेस्तोल देखाएर लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आले मगरलाई पेस्तोल देखाएर लुट्न खोजिएको थियो । घटना अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।