काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय वित्तिय प्रणालीमा देखिएको तरलता अभावले उद्योगीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताउनु भएको छ । उपाध्यक्ष श्रेष्ठले वित्तिय प्रणालीमा देखिएको तरलता अभावले उद्योगी व्यवसायीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताउनु भएको हो । उहाँले तरलता अभावका कारण उद्योगी व्यवसायीलाई बजारबाट पैसा उठाएर सामान पठाउनलाई उत्पादन लागत उच्च रुपमा बढेको बताउनुभयो ।
श्रेष्ठले लागत खर्च बढ्दा बजारमा मूलय वृद्धिसमेत बढेने गरेको बताउनु भयो । उहाँले अहिले बैंकहरुले विगतमा उद्यागीहरुलाई दिइरहेको कर्जा बराबरको पैसा दिनसमेत नसक्ने अवस्था रहेको बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले नेपाली बैंकहरुमा २/४ अर्ब पैसा भए पनि काँहा राखौं हुँदो रहेछ भने २/४ अर्ब पैसा कम हुँदा कहाँबाट पैसा ल्यायौं हुने गरेको बताउनु भयो । उहाँले नेपाली व्यवसायीलाई विश्वास गरेर अन्य देशबाट उधारोमा सामान पठाउने गरेता पनि भन्सारमा समस्या रहेको बताउनुभयो । यसरी नेपालमा सामान आउँदा नेपालको आपूर्तिलाई समेत चलायमान र सहज बनाउने गरेको बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले भन्नुभयो,‘पछिल्लो समय वित्तीय प्रणालीमा आएको तरलता अभावको कारण उद्योगी व्यवसायीले काम गर्ने नसक्ने स्थितीमा पुगेका छौं । नेपाली बैंकको अवस्था पछिल्लो समय बैंकहरुमा २/४ अर्ब पैसा भए कँहा लगेर राखौ राखौं हुँदो रहेछ भने २/४ अर्ब पैसा नभए कँहाबाट ल्यायौं हुने अवस्थामा पुगेका छन् । त्यसकारणले बैंकलाई वलियो बनाउने काम नियमन निकाय राष्ट्र बैंकले धेरै कामहरु गरिरहेको छ । तरलता अभावले उद्योगी व्यवसायीहरुलाई बजारमा पैसा उठाएर सामान पठाउन आफ्नो उत्पादनको लागत बढ्दै गएको छ। अहिले बैंकहरुमा तरलता कम भयो भनेर विगतमा उद्योगीलाई दिइरहेको कर्जा बराबरको कर्जा माग गर्दासमेत दुई चार दिन पर्खनु पर्ने स्थिति रहेको छ। त्यस्तै तरलताको कारण विदेशबाट भन्सारमा आएको सामानमासमेत समस्या रहेको छ। नेपालमा भारतबाट दैनिक २५ सय ट्रक सामान आउने गरेको छ । त्यो पनि आधा भन्दा बढी उधारोमा आउने गर्दछ । यसले गर्दा मुलुकको आपूर्तिलाई चलायमान र सहज बनाउने काम गर्दछ।’
त्यस्तै उपाध्यक्ष श्रेष्ठले बजारमा तरलता चरम अभाव रहेको अवस्थामा राष्ट्र बैंकले व्यवसायीलाई समस्या पर्ने गरी सामान आयातमा कडाइ गरी शतप्रतिशत बैंकमा मार्जिन राख्नु पर्ने व्यवस्था गर्नु गलत भएको बताउनुभयो । उहाँले तरलता अभावको कारण बैंकमा पैसा छैन्, उद्योगीहरुले बैंकबाट नै कर्जा लिने हो भने सामान आयातमा व्यवसायीले बैंकमा पैसा जम्मा गर्नु नसक्ने बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले भन्नुभयो,‘अहिले नेपाली उद्योगको लागि विदेशबाट कच्चा पदार्थ माग गरिएका हुन्छन्। तर पैसा दिन ढिला भयो । आयातकर्ताले पनि सामान बिक्रिको लागि माग ग¥यो । अब अर्को मगाउनको लागि व्यवसासीलाई १०० प्रतिशत बैंकमा पैसा जम्मा गर्नु राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तो तरलता चरम अभावको अवस्थामा उद्योगीले कँहाबाट पैसा ल्याउने । उद्योगीहरुले पनि बजारमा सामान उदारोमा दिएका हुन्छन्। यसरी व्यापारीलाई सामान दिएर उपभोक्ताले किने पछि मात्रै पैसा उद्योगीकोमा आउँछ । यस्तो निर्णयले सरकारले पाउनु पर्ने राजश्वमा कमी तथा उद्योगका कर्मचारीलाई तलब खुवाउन समेत समस्या हुने गरेको छ । यसरी राष्ट्र बैंकले १०० प्रतिशत मार्जिन जम्मा गर्नु पर्ने नीतिले अझ व्यवसाय चल्न नसक्ने अवस्थामा हुन्छ। यो लोमा समयको लागि नहोस भनेर व्यवसायीहरुले विरोध नगरिएको हो । लामो समयको लागि नीति लागू हुन हुँदैन। यो निर्णय हचुवाको भरमा गरिएको हो ।’
श्रेष्ठले सरकारले भएको बजेट समयमा खर्च गर्न सके मात्रै लक्ष्य अनुसारको आर्थिक वृद्धिदर पुग्न सक्ने बताउनु भयो । अहिले कै स्थितिमा भने लक्ष्य हासिल गर्न नसक्ने बताउनु भयो । त्यस्तै सरकारले लक्ष्य भन्दा दोब्बर राजश्व उठाउने लक्ष्य पनि पुरा नहुने श्रेष्ठले बताउनु भयो । उहाँले सरकारले नीजी क्षेत्रका सरोकारवाल निकायसँग तथा योजना आयोगसँगको समन्य विना योजना बनाउँदा अहिलेको अवस्था आएको बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले भन्नुभयो,‘सरकारले बजेट खर्च राम्रोसँग समयमा नै खर्च गरे ५ प्रतिशतसम्म आर्थिक वृद्धिदरको लक्ष्यमा पुग्छ । तर अहिलको यस्तो अवस्थाले मुस्किल छ । सरकारले चााहेर काम गरे ७ प्रतिशत आर्थिक वृद्धिदर पु¥याउन नसक्ने होइन । तर राज्यसँग मुलुकको कर उठ्ने एकिन तथ्याङक लगायत अन्य तथ्याङ नै नभएकोले यसको अध्ययन गर्न जरुरी छ। सरकारले आर्थिक नीति बनाउँदा योजना आयोग तथा नीजि क्षेत्रसँग कुनै समन्य विना योजना बनाउँदा समस्या आएको हो । नेपालमा आर्थिक क्षेत्रमा अहिलेसम्म अवैतनिक रुपमा निर्वाचित भएर काम गरेको छ। तर सरकारले नीजि क्षेत्रलाई संधै काम मात्रै गराएको छ ।केही दिएको छैन । त्यसैले सरकारले उद्योग व्यवसाय सञ्चालन गर्ने उपयुक्त बातावरण बनाउनको लागि नीजि क्षेत्रमैत्री नीति बनाउन जरुरी छ।’
उपाध्यक्ष श्रेष्ठले अहिलेको मुलुकको अर्थतन्त्र अर्थशास्त्रीहरुले भने जस्तो नभएको बताउनुभयो । उहाँले कोरोना महामारी पछि सबै उद्योगी व्यवसायहरु पुर्णरुपमा चलायमान भएकाले अर्थतन्त्र चलायमान नै रहेको छ तर, बजारमा तरलतालगायतका समस्या रहेको बताउनुभयो । उहाँले अर्थविद्हरुले पनि अर्थतन्त्र तहसनहस भयो, बजारमा तरलता अभाव भयो भन्ने तर यो के कारणले भयो, यसको समाधानको उपाय नदिने गरेको बताउनु भयो । उहाँले अहिले सबैमा काम गर्ने मनोवल बढ्दा पैसा आवश्यकता भएको बताउनु भयो । उहाँले विकास निर्माणको काम पनि राम्रो भएकाले मुलुकको अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्थामा नपुगेको बताउनु भयो । उहाँले यो बेला भनेको बैंक तथा उद्योगीहरुसमेत बच्नु पर्ने अवस्था हो तर बैंकहरु भने अलि बढी महत्वकांक्षी भएको आरोप लगाउनु भयो ।