×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋणपत्रमा लगानी गर्ने अवसर ! माघ ३ गतेबाट एभरेष्ट बैंकले ल्याउँदैछ २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ऋणपत्रमा लगानी गर्ने अवसर ! माघ ३ गतेबाट एभरेष्ट बैंकले ल्याउँदैछ २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र

२५ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले माघ ३ गतेबाट ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले कुल २० लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको हो । बैंकका अनुसार १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । ५% भने सामूहिक लगानी कोषलाई बिक्री गरिने भएको छ ।
सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउनेछन् । सर्वसाधारणले बाँकी ७ लाख ६० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर दिने बैंकले जनाएको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यपिटलले गर्नेछ भने सो ऋणपत्रमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा बिक्री नभएमा भने माघ १७ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी