×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

Artha Sarokar

२५ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले नियामक नेपाल धितोपत्र बोर्डसँग ३ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्न अनुमति मागेको हो ।
बैंकले कुल कित्तामध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ भने बाँकी १५ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको जनाएको छ ।
जसमा वार्षिक १०% ब्याजदर पाइनेछ भने यसमा आरबीबी मर्चेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गर्नेछ । नेपाल धितोपत्र बोर्डको अनुमति पाएपछि ऋणपत्र जारी हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी