×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुवागढी हाइड्रोपावर कम्पनीको नवौं वार्षिक साधारणसभा सोमबार हुँदै 

PRIME CA
GLOBAL IME BANK

सुवागढी हाइड्रोपावर कम्पनीको नवौं वार्षिक साधारणसभा सोमबार हुँदै 

२६ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको नवौं वार्षिक साधारणसभा पनि आज सोमबार हुँदैछ । सभा रसुवागढी हाइड्रोपावरको सभाहल महाराजगञ्ज, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको हो । यो वर्ष पनि कम्पनीले लाभांश वितरण एजेन्डा बिना सभा बोलाएको छ ।
यसपटक पनि लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरेको छ । पुस ११ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि राखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: