Skip to content
LAXMI SUNRISE BANK

प्रिमियर इन्स्योरेन्स कम्पनीको ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा, प्रतिकित्ता न्यूनतम भाउ ३९५ रुपैयाँ !

अर्थ सरोकार

काठमाडौं । प्रिमियर इन्सुरेन्स कम्पनीको संस्थापक सेयर आज पुस २६ गते देखि बिक्री खुला भएको छ । कम्पनीले ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले माघ ७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकिएको छ ।

आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम न्यूनतम ५०० कित्तादेखि अधिकतम सबै कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK