×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : रोग नियन्त्रणको लागि जैविक विधि सिक्दै रामपुरका महिला, माछा मार्ने जाल बुन्दै कञ्चनपुरका किसान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : रोग नियन्त्रणको लागि जैविक विधि सिक्दै रामपुरका महिला, माछा मार्ने जाल बुन्दै कञ्चनपुरका किसान

Artha Sarokar

२७ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बालीनालीमा लाग्ने रोग, किरा नियन्त्रणको लागि बिषादीको विकल्पमा जैविक विधि सिक्दै रामपुरका महिलादेखि माछा मार्ने जाल बुन्दै कञ्चनपुरका किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

बालीनालीमा लाग्ने रोग, किरा नियन्त्रणको लागि बिषादीको विकल्पमा कृषकलाई जैविक विधि सिकाउँदै रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेय ।

शुक्लाफाँटा नगरपालिका वडा नं २ लक्ष्मीपुरका किसान माछा मार्ने जाल बुन्दै । गहुँ छरेर फुर्सदिला बनेका किसान जाल, डोका, डालोलगायत बुन्ने कार्यमा संलग्न हुने गरेका छन् ।

पोखरा महानगरपालिका-१० रामघाट बाट देखिएको उड्दै गरेका बकुलाको बथान।

गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित वाग्मती नदी किनारमा थुपारिएको फोहर । नगर क्षेत्रको फोहर यहाँ सङ्कलन गरेर सिसडोल ‘ल्याण्डफिल्ड साइट’ मा लैजाँदा नदी प्रदूषित हुनाका साथै नदीपारिको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रभाव पर्ने गरेको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ६ स्थित गोरखनाथ मन्दिर परिसरमा निर्माण गरिएको गणेश मन्दिर ।

कैलालीको टीकापुरमा निर्माणाधीन मानव मलमुत्र व्यवस्थापन प्रणाली । जहाँ भरिएका शौचालयहरुबाट ल्याइएको मलमुत्र व्यवस्थापन गरि ट्रीटमेन्ट प्लान्ट मार्फत मल उत्पादन गर्ने र फोहोर पानीलाई शुद्धीकरण गरि नजिकैको जमरा कुलोमा मिलाउने गरि संरचना निर्माण हुन लागेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी