Skip to content
LAXMI SUNRISE BANK

काठमाडौं जिल्ला प्रशासनले जारी गर्यो १८ बुँदे निर्देशन : मंगलबार रातीदेखि लागु हुँदै, बैंकहरुले पनि यस्तो नियम पालना गर्नुपर्ने !

अर्थ सरोकार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज मंगलबार राती १२ बजेदेखि लागु हुने गरी १८ बुँदे निर्देशन जारी गरेको छ ।  कार्यालयले बढ्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै १८ बुँदे निर्देशन जारी गरेको हो ।
कार्यालयलाई कोभिड १९ को बढ्दो संक्रमणलाई दृष्टिगत गरी घर बाहिर वा सार्वजनिक स्थलमा निस्किदा सबैलाई मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दुरी कायम गर्ने, समय समयमा साबुन पानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्नलगायतका स्वास्थ्य सम्बन्धी मापदण्डको अनिवार्य पालना गर्न निर्देशन जारी गरेको छ ।
यस्तै प्रशसनले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि बैंकमा भिडभाड नगर्न पनि निर्देशन दिएको छ । यस्तै सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नराख्न भनेको छ ।
 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK