×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकको ३१ हजार ७२९ कित्ता संस्थापक सेयर बुधबारदेखि बिक्री खुला, ३५ दिन भित्र आवेदन दिनुपर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कामना सेवा विकास बैंकको ३१ हजार ७२९ कित्ता संस्थापक सेयर बुधबारदेखि बिक्री खुला, ३५ दिन भित्र आवेदन दिनुपर्ने !

२८ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंकले ३१ हजार ७२९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । आज बुधबारदेखि २ बैंकका जना सेयरधनीले आफ्नो नाममा रहेको ३१ हजार ७२९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका हुन् ।
जसमा बैंकका संस्थापक सेयरधनी श्री राम पाण्डेको नाममा २६ हजार ८९४ कित्ता र रुपेश थापाको नाममा ४ हजार ८३५ कित्ता सेयर रहेको छ । यसको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ ।
किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको सेयर मुख्य कार्यालय ज्ञानेश्वर काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी